निषेधाज्ञा फेरि थप्ने तयारी, उपत्यकामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि सकिँदै

admin

काठमाडौं, २० असार : काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदै छ । कोरोना भाइरसको संक्रमण सोचेअनुसार नघटेको भन्दै निषेधाज्ञा फेरि थप्ने तयारी भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार अब थपिने निषेधाज्ञामा सबै खालका सार्वजनिक गाडीलाई चलाउन दिने कि नदिने भन्नेबारे छलफल हुने छ । त्यसका लागि दिउँसो ३ बजे उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारीहरुको बैठक बस्दैछ ।

यसअघि थप गरिएको निषेधाज्ञामा २५ सिटभन्दा बढी सिट क्षमता भएका सार्वजनिक गाडीलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिइएको थियो । त्यही अनुसार अहिले २५ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक गाडी चलिरहेका छन् । यस्तै, अहिले सबैखाले पसलहरु पनि दिनभर खोल्न दिइएको छ ।

प्रतिक्रिया