अर्को सूचना जारी नभएसम्मको लागि कुवेतमा रहेको नेपाली दूतावास बन्द

admin

काठमाडौं, २० असार : कुवेतमा रहेको नेपाली दूतावासले भौतिक उपस्थितिमा गर्नुपर्ने सेवा प्रवाह आइतबारदेखि बन्द गरेको छ । दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भौतिक रुपमा प्रवाह गरिने सेवा राहदानी नवीकरण, कागजात प्रमाणीकरण, कागजात जारी लगायतका काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहने दूतावासले जनाएको छ ।

यस्तै दूतावासको इमेल [email protected] मार्फत सम्पर्क गर्न सकिनेछ भने यस अवस्थामा अत्यावश्यक सेवाबारे जानकारी लिनुपरेमा दूतावासको सम्पर्क नम्बर २५३२१६०३/२५३२१६०४/२५३२१६०५ मा फोन गरेर पनि बुझ्न सकिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया