थप एक हजार ६ सय ३ जनामा संक्रमण पुष्टि, दुई हजार ५ सय ५२ जना कोरोनामुक्त

admin

काठमाडौं, २० असार : आइतबार देशभर एक हजार ६ सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार आठ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ४२ जना र तीन हजार दुई सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६१ जना गरी एक हजार ६ सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४४ हजार ६ सय २२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ हजार एक सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा दुई हजार पाँच सय ५२ जनासहित अहिलेसम्म ६ लाख नौ हजार दुई सय १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

अहिले नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार एक सय ७९ जना रहेको छ । बितेको २४ घण्टामा तथा यसअघिको विवरण प्राप्त भएको सहित थप २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार दुई सय २५ पुगेको छ ।

प्रतिक्रिया