मेडिकल शिक्षालाई राजनीति मुक्त बनाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन

admin

काठमाडौं, २० असार : मेडिकल शिक्षालाई राजनीति मुक्त बनाउनुपर्ने भन्दै बिद्यार्थीहरुले काठमाडौंका प्रदर्शन गरेका छन् । उनीहरुले मेडिकल शिक्षा क्षेत्रमा राजनीति निकटताका आधारमा नियुक्ती दिदाँ यस क्षेत्र नै धरासयी हुने भन्दै बिद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति पनि ऐकवद्धता जनाएका छन् । प्रतिष्ठानमा भ्रष्टाचार र अनियमितता भएको भन्दै २० दिनदेखि चिकित्सक, कर्मचारी र विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

उनीहरूले बिपीका शीर्ष चार जना पदाधिकारीको राजीनामा मागेका छन् । उनीहरूको मागको समर्थनमा माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरिएको बिद्यार्थीहरुले जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरुले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ जोगाऔं, फुटबलमा झेली गरे रेड कार्ड, राजनीतिमा नियुक्ति! लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया