विगतको समीक्षा गर्दै सकियो एमाले कार्यदल बैठक

admin

काठमाडौं, २१ असार : नेकपा एमालेको विवाद समाधानको प्रयास स्वरुप सोमबार बसेको कार्यदलको बैठक सकारात्मक बनेको नेताहरुले बताएका छन् । सिंहदरबारमा सम्पन्न कार्यदलको बैठक विगतको समीक्षा गर्दै भोलि पुनः बस्नेगरी सकिएको एक नेताले जानकारी दिए ।

बैठकपछि माधव नेपाल निकट एक नेताले बैठकमा आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन र समीक्षा हुँदै भोलि १ बजे पुनः बैठक बस्ने निर्णय भएको जानकारी दिए । कार्यदलमा अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङ छन् भने माधव नेपाल पक्षका संयोजक भीम रावल छन् ।

सदस्यहरूमा ओली पक्षका विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । बैठकपछि नेता भीम रावलले कसरी पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्नेबारे भाेलिदेखि थप घनीभूत छलफल हुने बताए ।

प्रतिक्रिया