मुलुकभर थप २६३४ जनामा कोरोना पुष्टि, १५ को मृत्यु

admin

काठमाडौं, २२ असार : नेपालमा मंगलबार थप २ हजार ६ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५ सय ३ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय १८ र ५ हजार २ एन्टीजेन परिक्षणका क्रममा थप ९१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार २ सय ६३ जनाको कोरोनाका कारण मृ त्यु भएको छ ।

त्यस्तै थप १ हजार ५ सय ६५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख १२ हजार ९९४ संक्रमित निको भएका छन् । हाल नेपालमा २५ हजार ८२ सक्रिय संक्रमित आइशोलेशनमा र ३३० जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख ३ हजार ५४४ वटा पिसिआर र २ लाख १३ हजार ३५ वटा एन्टीजेन परिक्षण गरिएको मनत्रालयले जनाएको छ ।

प्रतिक्रिया