रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रधानमन्त्री ओलीले गरे भर्चुअल शिलान्यास

admin

काठमाडौं, २२ असार : लामो समयदेखीको जग्गा विवादले अन्यौलमा परेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज राजविराजमा बन्ने निश्चित भएको छ । जग्गा विवादको निरुपण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौंबाट भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको हो ।

शिलान्याससँगै प्रतिष्ठान निर्माण कार्य अघि बढेको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठान निर्माणको काम पूरा भएपछि सप्तरी जिल्लाको आर्थिक विकासमा ठूलो मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

२०७५ भदौं १ गते प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाउँमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।

जसका लागि राजविराज नगरपालिकाले १० नं. वडा बिरौलस्थित हुलाकी राजमार्ग छेउमा ६२ विगहा जग्गा उपलब्ध गराएको थियो । तर, उक्त जग्गा यसअघि नै नगरपालिकाले कृषि हाट बजारका लागि लिजमा दिइसकेको भन्दै स्थानिय एक सहकारी संस्थाले दाबी गरेपछि विवाद भएको थियो ।

झण्डै १२ अर्बको लागत रहेको प्रतिष्ठान निर्माण कार्य तिब्र गतिमा बढाउने र पाँच वर्ष भित्र सम्पन्न गरि संचालनमा ल्याई सकिने लक्ष्य रहेको रामराजा स्वास्थ्य वित्रान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले जनाएको छ ।

प्रतिक्रिया