वैदेशिक रोजगार व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी

admin

काठमाडौं, २२ असार : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्युभिसी) खडा गरी एकाधिकार लागू गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।

कतारमा कामदार पठाउनका लागि पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार जाने गरिएकोमा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सिमित व्यक्तिहरुको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएकोले कडा कदम चाल्न वाध्य हुनुपरेको जनाएको छ यसविरुद्ध युवा कामदार र व्यवसायीसहित चरणवद्ध रुपमा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवहाक अध्यक्ष कमल तामाङले नेपाली कामदारको चरणवद्ध आन्दोलनमा उत्रिन तयार रहेको बताउनुभयो । कतार भिजा सेन्टर (क्युभिसी)को आवश्यकता र क्रियाकलापको बारेमा पनि छानबिन हुनुपर्ने अध्यक्ष तामाङकोे भनाई थियो ।

पत्रकार सम्मेलनमा संघका द्वितिय उपाध्यक्ष कमल देव मल्लले विदेशबाट पठाएको रेमिट्यान्स प्यारो हुने तर वैदेशिक व्यवसायी र युवालाई अपमान गर्न नहुने बताउनुभयो । लोकतान्त्रिक एसोसिएशनका अध्यक्ष नरेन्द्र ढकालले क्युभिसीको कारणले व्यवसाय अस्तव्यस्त भएको बताउनुभयो ।

प्रतिक्रिया