भारतीय वरिष्ठ अभिनेता दिलिप कुमारको निधन

admin

एजेन्सी, २३ असार : भारतीय वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ । केही दिनयता बिरामी परेका दिलीप कुमारको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले चिनिने दिलिपकुमारले मुम्बईको खार हिन्दुजा अस्पतालमा अन्तिम स्वास लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

एक महिनाको बीचमा उनलाई दुईपल्ट अस्पताल भर्ना गर्नुपरेको थियो । दिलिप कुमारको निधनले हिन्दी सिनेमाका एउटा युगको अन्त्य भएको छ । उनको निधनको खवर उनकै ट्वीटर ह्याण्डिलबाट पुष्टि गरिएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धीलगायतले उनको नि धनमा शो क व्यक्त गरेका छन् ।

हाल पाकिस्तानमा पर्ने पेशावरमा सन् १९२२ डिसेम्बर ११ मा जन्मिएका दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनले २२ वर्षको उमेरमा चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनले सन् १९४४ मा रिलिज भएको ज्वारभाटा नामक चलचित्रमा उनले पहिलोपल्ट काम गरेका हुन् ।

पाँच दशकको चलिचित्र करिअरमा उनले झण्डै पाँच दर्जन चलचित्रमा अभिनय गरे । उनले अभिनय गरेका शहीद, मेला, बाबुल, फुटपाथ, देवदास, मुगल ए आजम, गंगा जमुना लगायतका चलचित्र हिट भएका थिए । उनले सन् १९९८ मा किला नामक चलचित्रमा अभिनय गरेका थिए । त्यो नै उनले अभिनय गरेको अन्तिम चलचित्र हो ।

प्रतिक्रिया