काठमाडौं, २३ असार : पछिल्लो २४ घण्टामा थप दुई हजार ९७९ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो अवधिमा ११ हजार ८९८ नमुना परीक्षण गरिएको छ।
जसमध्ये ७ हजार ८३५ आरटी-पीसीआर परीक्षण गर्दा दुई हजार ७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ६३ जनाको एन्टिजेन परीक्षणका क्रममा ९०२ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ। योसँगै नेपालमा ६ लाख ९० हजार ९७४ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ३३३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या ६ लाख १४ हजार ३२७ जना पुगेका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ। हालसम्म मृ त्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ।