दुई दिनदेखि बेपत्ता ३ वर्षे नाबालकको शव भेटियो

admin

टीकापुर , २३ असार : दुई दिनदेखि बेपत्ता रहेका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का तीन वर्षे नाबालकको श व फेला परेको छ। इलाका प्र हरी कार्यालय टीकापुरको टोलीले खोजतलास गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराको जमरा नदीमा बालकको श व फेला पारेको हो।

सोमवार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदी नाता पर्ने १५ वर्षीय बालिकासँगै गएका ३ वर्षे छोरा विवेक विष्टको श व फेला परेको हो। उनी दिलीप विष्टका छोरा हुन्। इलाका प्र हरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बाघमारास्थित जमरा नदीमा प्र हरीको टोलीले बालकको श व फेला पारेको बताए।

‘दिउँसोदेखि नै नदीमा खोजी गरिरहेको प्र हरी टोलीले बालकको श व फेला पारेको छ’, डिएसपी सापकोटाले भने, ‘बेपत्ता बालककै श व हो वा होइन भनेर हुलिया पहिचान गर्न आफन्तसहित घ टनास्थल गइरहेको छु।’

घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै डिएसपी सापकोटाले थप विवरण छिट्टै सार्वजनिक गर्ने बताए। बालक विष्टको घरबाट जमरा नदी झण्डै ५ सय मिटर उत्तरतर्फ छ। प्रहरी श्रोतका अनुसार गए रातिदेखि प्र हरीले ती बालकसँगै जामुन खान भनेर गएकी बालिकामाथि केरकार शुरु गरेको थियो। नाटकीय रुपमा नाबालक हराएपछि टीकापुर क्षेत्रमा त्रा स फैलिएको थियो।

प्रतिक्रिया