भूकम्पपछिकाे पुनर्निर्माण : साढे ६ लाखले लिए तेस्रो किस्ता

admin

काठमाडौं, २४ असार : महाभुकम्पपछि क्षति पुगेका निजी आवासमध्ये ६ लाख ६५ हजार २ सय ३३ घरधुरीले तेस्रो किस्ता लिएका छन् । ८ लाख ५८ हजार २ सय ८२ जना पुनर्निर्माण लाभग्राही निक्र्योल भएकोमा ९५.३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६ सय २४ ले अनुदान सम्झौता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने घरधुरी ८ लाख १६ हजार ६ सय ७० (९९.७६ प्रतिशत), दोस्रो किस्ता लिने घरधुरी ७ लाख २७ हजार ३ सय २८ (८८.८४ प्रतिशत) र तेस्रो किस्ता लिने घरधुरी ६ लाख ६५ हजार २ सय ३३ (८१.२६ प्रतिशत) पुगेका छन् ।

त्यस्तै, अनुदान सम्झौता गरेकामध्ये ७४.६८ प्रतिशत अर्थात् ६ लाख ११ हजार २ सय ४१ घरधुरीले निजी आवास पुनर्निर्माण सम्पन्न गरिसकेका छन् । पुनर्निर्माण गरिरहेका लाभग्राही संख्या १ लाख ४६ हजार १ सय ५३ रहेको छ, जुन अनुदान सम्झौता गरेकामध्ये १७.८६ प्रतिशत हो । याे खबर राजधानी दैनिकमा छ ।

प्रतिक्रिया