पौडेल पक्षको निष्कर्ष: देउवाले पार्टी कब्जा गर्न खोजे

admin

काठमाडौं, २४ असार : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले पार्टी कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ । छलफलमा सहभागी एक नेताले माओवादी, राप्रपाबाट प्रवेश गरेको भन्दै देउवाले हजारौं व्यक्तिलाई विधानविपरीत क्रियाशील सदस्यता बाँडेको आरोप लगाए ।

छलफलमा नेताहरू पौडेल, शशांक कोइराला, शेखर कोइराला, मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, प्रदिप पौडेललगायतको सहभागिता थियो । समायोजनका नाममा आएका क्रियाशील सदस्यता विवादबारेको छानबिन समितिका सदस्यहरूसँग पौडेल पक्षले गरेको छलफलमा विधानविपरीत आएका सदस्यताबारे गम्भीर ढंगले छानबिन गर्न भनिएको छ ।

प्रतिक्रिया