विषयमा प्रवेश नै नगरि सकियो एमाले कार्यदल बैठक

admin

काठमाडौं, २४ असार : नेकपा एमाले कार्यदलको साँझ बसेको बैठक एजेण्डामा प्रवेश नै नगरि सकिएको छ । सिंहदरबारमा बुधबार साँझ बसेको बैठकमा कार्यदलका सदस्य विष्णु पौडेल बैठकका सहभागी नभएका कारण एजेण्डामा प्रवेश नै नगरि सकिएको हो ।

बैठक शुक्रबार ११ बजे पुन बस्ने नेताहरुले जनाएका छन् । बैठकपछि कार्यदलका सदस्य घनश्याम भुसालले पछिल्लो छलफलहरूबाट कुनै प्रगति हुन नसकेको बताउनुभयो । उहाले अनौपचारिक हिसावले तय भएका एजेण्डामाथि १० दिनदेखि खास प्रगति नभएको बताउनुभयो ।

त्यस्तै कार्यदल सदस्य सुवास नेम्वाङले विवादीत बिषयमा छलफल र सहमतिको प्रयास जारी रहेको बताउनुभयो । नेम्वाङले शुक्रबार बैठकले निश्कर्ष निकाल्नेमा आशावादी रहको धारणा राख्नुभयो ।

यसअघि बिहीबार बिहान बसेको कार्यदल बैठकपछि नेताहरुले बिहीबार नै कार्यदलमा सहमति जुट्न सक्ने बताएका थिए । तर दिनभरीको आन्तरिक छलफलमा दुई पक्षबीच कुरा मिल्न नसकेको बताइएको छ ।

प्रतिक्रिया