विप्लव नेतृत्वकाे नेकपाद्वारा सरकारविरूद्ध प्रदर्शन

admin

काठमाडौं, २४ असार : बिप्लव नेतृत्वको नेकपाका पार्टी निकट संयुक्त जनवर्गीय संगठन र मोर्चाले पेट्रोलियम पदार्थको मुल्यबृद्धि र चितवनकी युवती सुजिता भण्डारीको मृ त्यु प्र करणको बिरोधमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको माइतिघरमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले पटक पटक भएको मुल्यबृद्धि खारेज गर, कालाबजारी नियनत्रण गर, ह त्या हिं सामा संलग्नलाई कारवाही गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले मुलुकमा महिला हिंसा, हत्या, बलात्कारका घटना नियन्त्रणमा संलग्नलाई कानूनी दायरामा ल्याउन ढिलाई भएको भन्दै सरकारबिरोधी नारा लगाएका थिए । त्यस्तै उहाले जनतालाई महङ्गी उपहार दिएर सरकार व्यापारि बनेको आरोप समेत लगाएका छन् ।

बिप्लव नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले सत्ताको चलखेलमा जनताले दुख बाहेक केहि नपाएको भन्दै जनताको पक्षमा लड्नुपर्ने बेला आएको बताउनुभयो ।

ढकालले अहिलेको संसदीय व्यवस्था नै खराव भएको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रदर्शनमा सहभागीहरुले जनताको सवालमा सदैव खवरदारी गर्ने बताएका छन् ।

प्रतिक्रिया