भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

admin

भक्तपुर : भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृ त्यु भएको छ। बिहीबार साँझ काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको बा ३९ प ३६५२ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका ४ चारदोबाटोमा आफैँ अनियन्त्रित भइ दु र्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दु र्घटनामा संखुवासभा घर भइ हाल सिन्धुपाल्चोकको बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराईको मृ त्यु भएको परिसरका प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए। दु र्घटनामा गम्भीर घा इते भएका भट्टराईको उपचारको क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा मृ त्यु भएको हो।

प्रतिक्रिया