फाइजरको दुवै डोज खोप लगाए पनि तेस्रो खोप लगाउनै पर्छ

admin

एजेन्सी, २५ असार : अमेरिकी खोप निर्माता कम्पनी फाइजरले कोरोनाविरुद्धको पहिलो र दोस्रो खोप लगाएकाहरुले बुस्टर डोज अर्थात तेस्रो डोज लगाउनु पर्ने जनाएको छ । तेस्रो खोपका लागि फाइजरले अर्को महिना अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएमा निवेदन दिने भएको छ ।

तेस्रो डोज नलगाए फाइजरका दुवै डोज लगाएकाहरूमा ६ महिनापछि फेरि संक्रमण हुन सक्ने सम्भावना रहेको जनाएको छ । कोरोनाको डेल्टा भेरियन्टको नियन्त्रणका लागि पनि बुस्टर डोज लगाउनु पर्ने फाइजरको भनाइ छ । तर, विज्ञले भने बुस्टर डोजको आवश्यकतामाथि प्रश्न उठाएका छन् ।

प्रतिक्रिया