थपिए २२३९ जना कोरोना संक्रमित, २० को मृत्यु

admin

काठमाडौं, २५ असार : मुलुकभर पछिल्लो २४ घण्टामा थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३१३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २३९ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ६५७ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७६० जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृ त्यु भएको छ । मन्त्रालयका अनुसार १ हजार ३१६ जना संक्रमितहरुले स्वास्थ्यलाभ गरेका छन् ।

प्रतिक्रिया