कारको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

admin

चितवन, २५ असार : कारले स्कुटरलाई ठक्कर दिदा चितवनमा एक बालकको मृ त्यु भएको छ । स्कुटरमा बसेका खैरहनी- १२ का ५ वर्षिय आरुष अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो ३:३५ बजे मृ त्यु भएको छ भने तीन जना घा इते छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती-३ झुरझुरेमा भण्डाराबाट नारायणगढ आउदै गरेको बा १९ च ७९८६ नम्बरको कारले विपरित दिशाबाट आइरहेका दुई स्कुटरलाई दिउँसो ३:१० बजे ठ क्कर दिएको थियो ।

प्रदेश ३, ००३ प ६८८८ नम्बरको स्कुटर र प्रदेश नम्बर ३- ००२ प ६४८३ नम्बरको स्कुटर दु र्घट नामा परेका थिए । पहिलो स्कुटर चालक खैरहनी- १२ का ३५ वर्षिय राजकुमार अधिकारी दाहीने खुट्टा र मुखमा चो ट लागेको छ । पछाडी बस्ने उनका ५ वर्षिय छोराको ज्यान गएको छ ।

दोस्रो स्कुटरका चालक रत्ननगर- १५ का १८ वर्षिय निशान भट्टराई र स्कुटरमा बसेका सोही ठाउका २० वर्षिय सन्तोष पोखरेल घा इते छन् । घा इते सबैको अवस्था मध्यम रहेको चितवन प्र हरिले जनाएको छ ।

प्रतिक्रिया