एमाले विवाद सहमति नजिक, भाेलि अन्तिम रूप दिइने तयारी

admin

काठमाडौं, २५ असार : नेकपा एमालेकाे पार्टीभित्रकाे विवाद मिलाउन गठित कार्यदलले सहमति नजिक पुगेकाे बताएको छ । गएकाे केही दिनयता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदामा सहमति बनाएको हो ।

कार्यदलको बैठक शुक्रवार दिनभरि अर्थ मन्त्रालयमा बसेको थियो । बैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिनुभयो । सहमति भएको विषयमा भाषा मिलाएर शनिवारको बैठकबाट सार्वजनिक गरिने ज्ञवालीले बताउनुभयो ।

गएकाे जेठ २ गते गठन भएको कार्यदलले गएको सोमवारदेखि छलफल सुरु गरेको थियो । भोलि बस्ने कार्यदलको बैठकमा सहमतिको खाका बनाइ भोलि नै शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी छ ।

प्रतिक्रिया