दुई पक्षबीचमा झडप हुँदा १० जना घा इते, ६ वटा मोटरसाइकलमा आगजनी

admin

रौतहट, २५ असार : रौतहटको चन्द्रपुर नगरपालिका–८ वस्तीपुरमा दुई पक्षबीच झ डप हुँदा १० जना घा इते भएका छन्, भने ६ वटा मोटरसाइकल र १ वटा स्कुटरमा आगजनी भएको छ ।

गएराति भएको आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्र हरीले जनाएको छ । झड पमा परि आकास चौधरी, मिथुन चौधरी, दिलिप चौधरी, विनिक चौधरी लगायतका घा इते भएका हुन् ।

घाइ तेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्र हरीको भनाइ छ । झ डपको क्रममा स्थानीय श्रीराम चौधरी, लक्ष्मी चौधरी, जगनारायण चौधरी, दिप नारायणचौधरीको घर समेत तोड फोड भएको ईलाका प्र हरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख प्र हरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार झड पको खबर पाउन साथ सो स्थानमा तुरुन्तै ठूलो संख्यामा सुरक्षाकर्मी पुगेकाले कुनै मानवीय क्षति भने हुन पाएन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र फेरि झडपको स्थिति आउन नदिन प्रहरीले सजकता अपाइरहेको उनको भनाइ छ ।

जग्गाको पुरानो विवादलाई लिएर दुई पक्षबीच झ डप भएको स्थानीयको भनाइ छ । दिप नारायण चौधरीले आफूलाई चन्द्रनिगाहपुरबाट घरसम्म छोड्न आएका साथीहरुको मोटरसाइकलमा बिनाकारण आगजनी गरेको, हो–हल्ला गरेको भन्दै कु टपिट गरेको आ रोप लगाए ।

झ डपमा परि घाइते भएका मिथुन चौधरीले आफूहरु श्रीराम चौधरीको घरभित्र बसिरहेको बेला अचानक बाहिर केही मानिसहरु आएर मोटरसाइकलमा तोडफो ड गरेको र आफूहरुले किन त्यस्तो गरेको भनेर रोक्न जाँदा आफूहरु माथि सबै मिलेर आ क्रमण गरेको बताए । हाल सो बस्तीको अवस्था सामान्य रहेको प्र हरीले जनाएको छ ।

प्रतिक्रिया