पर्खाल भत्किएर पुरिएकी किशोरीको मृत्यु

admin

काठमाडौं, २६ असार : पाँचथरमा पहिरोले पुरिएर गम्भीर घा इते भएकी १५ वर्षीया सञ्जिता राईको मृ त्यु भएको छ । पाँचथरको फिदिम १ स्थित शनिबारे बस्दै आएकी उनको उपचारको क्रममा शुक्रबार बीएण्डसी अस्पतालमा मृ त्यु भएको हो ।

बुधबार राति करिब नौ बजेतिर चर्पी गरिरहेको बेला वन डिभिजन कार्यालय पाँचथरको पर्खाल भत्किएर उनी पुरिन पुगेकी थिइन । उनी चर्पी बसिरहेकै बेला पुरिएको अवस्थामा प्रहरी र स्थानीयले आधा घण्टा पछि उद्धार गरेका थिए । अचेत अवस्थामा पहिरोबाट निकालिएकी सञ्जिताको पाँचथर फिदिमस्थित समर्पित अस्पतालमा उपचार हुन सकेको थिएन ।

त्यसपछि उनलाई उपचारका लागि झापास्थित वि एण्ड सी अस्पताल पुर्याइएको थियो । स्थायी घर भोजपुर भएकी सञ्जिता करिब १० वर्षदेखि फिदिम शनिबारे बस्दै आएकी थिइन् । बुबाको मृ त्यु भएको र उनकी आमा बिदेशमा रहेको बताइएको छ । उनी कक्षा ८ मा पढ्दै थिइन् ।

प्रतिक्रिया