अरबौँको नेपाल एअरलाइन्स डुबाउनेहरु को को हुन ?

admin

अरबौँको नेपाल एअरलाइन्स डुबाउनेहरु को को हुन? सरकारले नसकेर , फेलिएर भएर नेपाल वायु सेवा निगमलाई यती समुहको प्राइभेट एअरलाइन्सलाई भाडामा चलाउन दिन लागेको हो भने, प्रधानमन्त्री पद र सरकार पनि प्राइभेट कम्पनिहरुलाई भाडामा दिए भैगो नि किन बसिराख्नु पर्यो लाज पचाएर । बिहारबाट, अमेरिकाबाट चाइनाबाट भाडामा ल्याउनु पर्यो राष्ट्रपति र प्रधानमन्त्री ।

हुन त एउटा वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब कोल्याप्स पार्यो भने कसरी नाफा हुन्थ्यो त? सरकारी स्कुल राम्रा छैनन,सराकारी सँस्थानहरु डुबेका छन, सरकारी उध्योगहरु डुबेका छन त्यहिँ कम लगानी र कमजोर मेनपावर भएका प्राइभेट कम्पनिहरु कसरी नाफामुलक छन?

साथिहरु कुनै दिन सरकारी अस्पताल,नेपाल टेलिकम,नेपालि सेना ,नेपाल प्रहरी ,सराकारी स्कुल ,अदालत र नेपाल देशलाई नै भाडामा लगायो भने पनि अचम्म नमान्दा हुन्छ। लाज पचेकाहरु जे पनि गर्न सक्छन। डुबेका सँस्थानले असल ब्यबस्थापक पायो भने कसरी राम्रो काम गरेर नाफामा लैजान सकिँदो रहेछ भन्ने कुरा नेपाल विद्युत प्राधिकरण र कुलमान घिसिङलाई हेर्न सकिन्छ,अलिकती लाज सरम छ भने गएर कुलमान घिसिङसँग टियुसन पढेको राम्रो।

नालाएकहरुले एउटा कुरा याद गर्दा हुन्छ यो देश तिम्रा श्रीमतीहरुको दाइजो हैन ,तिम्रा बाउहरुको पेवा हैन हरेक कुरा भाडामा लगाउनलाई ।महाकाली नदि भाडामा लगाइयो पछि बेचियो,लिपुलेक,लिम्पियाधुरा र कालापानी भाडामा लगाइयो बेचियो,खोलानाला र नदि भाडामा लगाइयो बेचियो,चुरेका गिटि बालुवा पनि भाडामा लगाउन खोजिँदैछ बेचिँदैछ,नागरिकता समेत भाडामा दिन खोजिँदैछ बेचिँदैछ।सार्बजनिक जग्गाहरु कौडिको भाउमा भाडामा दिइयो बेचियो।

हरेक क्षेत्रमा कमिसन खोज्ने तिम्रा आँखामा रतन्दो लागेर फुट्न आवस्यक छ,एदि कमिसन बिना तिमिहरुलाई बाँच्न मनै लाग्दैन भने प्रधानमन्त्री भाडामा दिएर कमिसन खाउ,रास्ट्रपति भाडामा दिएर कमिसन खाउ,आफ्ना पार्टिहरुलाई भाडामा लगाउ कमिसन खाउ,पार्टिका नेताहरुलाई भाडामा लगाउ र कमिसन खाउ। त्यतिले पनि पुग्दैन भने आफ्ना श्रीमती र श्रीमानहरुलाई पनि भाडामा लगाउ र कमिसन खाउ। तर नेपाल र नेपालिको स्वाभिमान माथी ठेस पुग्नेगरि, आँच आउने गरि हरेक सरकारी सम्पती बेच्ने र भाडामा दिने काम बन्द गरियोस।

भोलि कुनै दिन पृथ्वीनारायण शाह ,बिपि कोइराला,पुस्पलाल श्रेष्ठ ,मदन भण्डारीहरुलाई पनि हाम्रो देशका हैनन,हाम्रो पार्टिका हैनन भनेर लिलामी बोल्लान,भाडामा देलान, बेच्लान बिचार गरौँ सचेत बनौँ साथिहरु। पार्टिका कार्यकर्ताहरुलाई पनि कतै भाडामा लगाउलान , बेच्लान है बिचार गर्नुस बिचारका हनुमानहरु हो,सचेत बन्नुहोला।

लेखक
हेमराज थापा
त्रिभुवन बिस्वबिध्यालय
किर्तिपुर ,काठमाडौं

प्रतिक्रिया

सम्बन्धित समाचारहरू