राष्ट्रपतिको ह त्या : विमानस्थललगायत सुरक्षित राखिदिन आग्रह, हैटीमा अस्थिरता मौलाउने खतरा

admin

एजेन्सी, २६ असार : राष्ट्रपति जोभनेल मोइसीको ह त्यापछि सङ्कटबाट प्रभावित क्यारेबियन देश हैटीमा अस्थिरता मौलाउने खतरा देखिएको भन्दै त्यहाँको अन्तरिम सरकारले संयुक्त राष्ट्र सङ्घ (यूएन) र संयुक्त राज्य अमेरिकालाई आफ्नो बन्दरगाह, एअरपोर्ट र अन्य रणनीतिक स्थल सुरक्षित राखिदिन आग्रह गरेको हैटीका एक उच्च अधिकारीले बताएका छन् ।

हैटीका राष्ट्रपति मोइसीको गएको बुधबार गो ली हानी ह त्या गरिएको थियो । मोइसीई उनको घरमा गो ली हानी ह त्या गरिएको दुई दिनपछि संयुक्त राज्यले एफबीआई र अन्य एजेन्ट पोर्ट-ओ-प्रिन्स पठाउने कुरा गरिसकेको छ । निर्वाचन मन्त्री म्याथियस पियरेले एएफपीसँग भने, ‘​हैटीका राष्ट्रपति मोइसीको ह त्यापछि सेनाले अराजकता पैदा गर्नका लागि केही पूर्वाधार नष्ट गर्न सक्छ भन्ने लागेको छ । अमेरिकी विदेश सचिव र संयुक्त राष्ट्र सङ्घीय अधिकारीबीचको वार्तापछि हामीले हैटी सरकारलाई आवश्यक सहयोग गर्ने अनुरोध गरेका हौँ ।’

अमेरिकी विदेश विभाग र पेन्टागन दुवैले ‘सुरक्षा र अनुसन्धान सहयोग’ का लागि अनुरोध प्राप्त भएको पुष्टि गरेका छन् तर शान्ति सेना खटाउने भनेर प्रष्ट सूचना भने दिएका छैनन् । यद्यपि अधिकारीहरू पोर्ट-ओ-प्रिन्सको सम्पर्कमा रहेको उनीहरूले बताए । संयुक्त राष्ट्र सङ्घले यसबारे प्रतिक्रियाका लागि अनुरोधप्रति तत्काल स्पष्ट प्रतिक्रिया दिन अस्वीकार गरेको छ । संयुक्त राष्ट्र सङ्घका कुटनीतिक स्रोतले सुरक्षा परिषद्को प्रस्तावलाई हैटीवासीले भनेको जस्तै गर्न आवश्यक भएको सङ्केत गरेको थियो ।

वाशिङ्टनले हैटीको अनुसन्धानमा मद्दत गर्ने आफ्नो इच्छाप्रति सङ्केत गरिसकेको छ र ह्वाइट हाउसका प्रवक्ता जेन सासाकीले वरिष्ठ एफबीआई र अन्य अधिकारीहरू सकेसम्म चाँडो क्यारेबियन देश हैटीतर्फ लाग्ने शुक्रबार बताएका छन् । राष्ट्रपतिको क्रुर ह त्याको योजना कसले बनाए होला भनेर प्रश्नहरू उब्जिएको छ । ह त्यामा संलग्न रहेको आरोपमा कोलम्बियाली तथा अमेरिकी केही व्यक्तिलाई हि रासतमा लिइएको छ ।

ह त्यापछि केही अमेरिकी तथा कोलम्बियाली सदस्यलाई सुरक्षा नियन्त्रणमा लिइएको सूचना हैटीका सञ्चारमाध्यमले बाहिर ल्याएका थिए । अनिश्चितताको बीचमा तीन व्यक्तिलाई ११ करोड जनसङ्ख्या भएको देश हैटीको सम्भावित नेताको रूपमा खडा गरिएको छ । त्यहाँ कुनै संसद् छैन । राष्ट्रपतिको ह त्यापछि सुनसान राजधानीमा षड्यन्त्रको अनसमानबीच सडक तथा पसलमा चहलपहल बढेको छ भने सार्वजनिक यातायात फेरि सुरु भएको छ ।

अस्थिरताको सङ्केतहरू देखिँदा नागरिकहरू सुपरमार्केटमा आधारभूत आवश्यकताका सामान खरिद गर्न र भण्डारण गर्न खाना पकाउन ग्यास किन्न लामबद्ध हुन थालेका छन् । भोलि के हुन्छ हामीलाई थाहा छैन । दुर्दिनको अनुमानबीच नागरिकहरूले आफ्नो छाक टार्ने तयारी गरिरहेका छन्, एक स्थानीयले पोर्ट-ओ-प्रिन्समा सामान किन्दै गर्दा प्रतिक्रिया दिए । विगतमा फ्रान्सको अधिनस्थ यो कोलोनीमा विभिन्न समूहबीच शुक्रबार पनि झ डप भएका थिए ।

यसका कारण राजमार्गसमेत प्रभावित बनेका थिए । यस ह त्याको दिन बित्दै जाँदा अफ्रिकाको सबैभन्दा गरिब देशका धेरै मानिसहरूले न्यायको माग गरिरहेका छन् । राजधानीका बासिन्दाले एएफपीलाई भने, ‘विदेशीहरू यो अपराध गर्नका लागि देशमा आएका थिए । हामी हैटीवासी यसबाट विचलित भएका छौँ । घटनाको पछाडि कसको हात छ हामी यो जान्न चाहन्छौँ ।’

प्रहरीले २८ जना कोलम्बियाली तथा अमेरिकी समूहले आ क्रमण गरेको तर यसको मुख्य योजनाकारको खोजी भइरहेको प्रहरीले जनाएको छ । छानबिनका लागि मोइसीको सुरक्षार्थ खटाइएका सुरक्षा टोलीलाई अदालतमा उपस्थित हुन भनिएको छ । हैटीका राष्ट्रपति मोइजको उनकै सुरक्षा सहयोगीद्वारा ह त्या भएको हैटीका पूर्व सांसदले यहाँको म्याजिक-नाइन रेडियोसँगको कुराकानीमा बताएका छन् । उनले ह त्यारा विदेशी नभएको दाबी पनि गरे ।

प्रतिक्रिया