३१ जना जुवाडे पक्राउ

admin

काठमाडौं, २६ असार : प्र हरीले जुवातास खेलिरहेको अवस्था विभिन्न स्थानबाट ३१ जनालाई प क्राउ गरेको छ। प्रहरीका अनुसार भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–७ नगदेश बस्ने ४० वर्षीय रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा रत्नकाजी लगायत ११ जनालाई शुक्रबार दिउँसो प्र हरीले प क्राउ गरेको छ।

महानगरीय प्र हरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नगद दुई लाख ६४ हजार १ सय रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको प्रहरीले जानएको छ। यस्तै भक्तपुर, सूर्यबिनायक नगरपालिका–५ कटुन्जे गणेश हिलस्थित ३२ वर्षीय कर्म तामाङको हाम्रो खाजा घरमा तास खेलिरहेको अवस्थामा तामाङ समेत १६ जनालाई शुक्रबार दिउँसो प्र हरीले प क्राउ गरको छ।

महानगरीय प्र हरी परिसर भक्तपुरबाट खटिएको प्र हरीले उनीहरूलाई नगद १ लाख २१ हजार ६ सय रुपैयाँ र ७ बुक ताससहित प क्राउ गरेको प्र हरीले जनाएको छ। यस्तै पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मेघधोज राईको छिन्त्याङ रेष्टुरेण्टमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१० बस्ने ४८ वर्षीय श्यामकाजी श्रेष्ठ लगायत चार जनालाई शुक्रबार राति प्र हरीले प क्राउ गरेको छ। वडा प्र हरी कार्यालय बैदामबाट खटिएको प्र हरीले उनीहरूलाई नगद ४८ हजार २ सय ४० रुपैयाँ सहित प क्राउ गरेको प्र हरीले जनाएको छ।

प्रतिक्रिया