महोत्तरी : एक महिनादेखि बेपत्ता भएकी सुजिताको शव फेला

admin

महोत्तरी, २७ असार : महोत्तरीको लोहरपट्टी नगरपालिका-७ भमरपुराकी सुजिता ठाकुरको शव फेला परेको छ । एक महिनादेखि बेपत्ता भएकी सुजिताको शव गाडिएको अवस्थामा फेला परेको हो । लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता जेठ २० गतेदेखि बेपत्ता थिइन् ।

सुजिताको शव ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टङ्कीमा सडेको अवस्थामा भेटिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सुजिताको माइतीपक्षले शव पहिचान गरेपछि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

गएको असार १३ गते सुजिताका श्रीमानको खेतमा चार फिट गहिरो खाँडल खन्दा कपाल, नुन, तन्ना र डोरी फेला पारेको थियो तर शव फेला परेको थिएन । सुजिताको गएको जेठ २० गते ह त्या भएको थियो । महोत्तरी प्रहरीले सुजिताका श्रीमान र देवरलाई पक्राउ गरेको छ ।

सासू, ससुरा पतिराम र देवरानी रोमा फरार छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । सुजिताको ह त्या आशंकामा प्रहरीले यसअघि असार १३ मा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया