आज ७३ अङ्कभन्दा धेरैले बढेको नेप्सेमा हरियाली

admin

काठमाडौं, २७ असार : शेयर बजार परिसूचक नेप्से आइतबार एकै दिन झण्डै ७४ अङ्कले बढेको छ । सबै समूहको शेयर बढेपछि नेप्से ७३ दशमलव ३३ अङ्कले बढेर दुई हजार आठ सय ९८ विन्दुमा पुगेको छ । बैकिङ समूहको शेयर ४५ अङ्कले, विकास बैंक समूहको तीन सय ५५, व्यापारको ५७, होटलको ७१, जलविद्युतको ७६ र उत्पादन समूहको शेयर ९३ अङ्कले बढेको छ ।

यस्तै फाइनान्स समूहको एक सय ८१, माइक्रोफाइनान्सको एक सय ३२, जीवन बीमा समूहको चार सय ९८, निर्जीवन बीमा समूहको तीन सय ५५, अन्यको नौ र लगानी समूहको शेयर साढे दुई अङ्कले बढेको छ । आइतबार दुई सय २५ कम्पनीका तीन करोड १५ लाख कित्ता शेयर आठ अर्ब ६ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३९ करोड ९६ लाख रुपैयाँको शेयर खरिदरबिक्री भएको छ । एक दर्जन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बाँकी १३ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि आइतबार कर्पोरेट विकास बैंकको शेयर झण्डै चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया