एमालेको स्थायी कमिटी स्थगित

admin

काठमाडौं, २७ असार : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक स्थगित गरेका छन्। आइतबारका लागि बोलाएको बैठक दुई घण्टाभन्दा लामो समयसम्म पनि बस्न नसकेपछि स्थगित गरिएको हो।पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिए।

एमालेको विवाद समाधानका लागि सिंहदरबारमा अहिले पनि कार्यदलको बैठक बसिरहेको छ। उक्त बैठकले तयार पारेको सहमति पत्रलाई स्थायी कमिटीको बैठकमा अनुमोदन गर्ने तयारी भएको थियो। सोही अनुसार बैठक बोलाइएको थियो।

कार्यदलका नेताहरुले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र ओलीबीचको विवाद आइतबार विहान ८ बजे औपचारिक रुपमा मिल्ने बताए पनि सहमतिको घोषणा हुन सकेन। सहमतिमा अलमल भएपछि ओलीले आइतबारको स्थायी कमिटी बैठक रोकेर सोमबारका बोलाएका छन्। सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन सम्मबन्धी रिटको फैसला सुनाउने पनि तयारी गरेको छ।

प्रतिक्रिया