एमालेको भविष्य सर्वोच्चको फैसलाले निर्धारण गर्ने

admin

काठमाडौं, २७ असार : नेकपा एमालेको भविष्य सर्वोच्च अदालतको भोलिको फैसलाले निर्धारण गर्ने भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि भोलि सर्वोच्चले फैसला गर्दैछ । त्यस अघि सहमति गर्न वरिष्ठ नेता माधवकुमार नेपाल तयार भएनन् ।

आजै सहमति निकाल्न अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षबाट कार्यदलले प्रयास गरिरहे । नेपालमाथि चौतर्फी दबाब पनि सृजना गरे । तर, नेपालले भोलि आउने फैसलापूर्व सहमति नबन्ने स्पष्ट जवाफ दिए । राष्ट्रिय सभामा बोल्दै एमाले उपाध्यक्ष बामदेव गौतमले पनि सर्वोच्चको भोलिको फैसलापछि एमाले एक हुने बताएका थिए । उनको भनाई अर्थपूर्ण थियो ।

ओलीले भने जेठ २८ अघि नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै आएका थिए । अल्टिमेटम समेत दिएका थिए । तर, नेपाल ब्याक भएनन् ।अब सर्वोच्च अदालतको भोलिको फैसलाले एमाले एक रहने वा नरहने टुंगो लाग्न सक्छ ।

अदालतले प्रतिनिधि सभा विघटनको पक्ष या विपक्षमा फैसला गर्ने हो ? देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिने हो या होइन ? यसले एमालेको भविष्य निर्धारण गर्नेछ । देशको राजनीतिक भविष्यमाथि पनि भोलिको फैसलाले दुरगामी असर पार्ने अनुमानहरु लगाइएका छन् ।

प्रतिक्रिया