वाग्मती प्रदेशको बजेट बहुमतले पारित

admin

काठमाडौं, २७ असार : वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७८-७९ को बजेट बहुमतले पारित भएको छ । आइतबार प्रदेशसभामा भएको छलफलपछि बजेट पारित भएको हो ।

साँझ विनियोजन विधेयक निर्णयार्थ पेश गर्दा सत्तारुढ नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी मात्र प्रदेशसभाको बैठकमा सहभागी थिए । विपक्षी दलका सांसदहरु प्रदेशसभा बैठकबाट बाहिरिएका थिए । आइतबार नै भएको बजेटमाथिको छलफलमा विपक्षी दलले सरकारले ल्याएको बजेट विभेदकारी रहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया