यी प्रदेशमा भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

admin

काठमाडौं, २८ असार : आज प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा जनाएको छ।

महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। सोमबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ।

सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले भीषण वर्षा हुने क्षेत्रमा पहिरो र नदी तथा खोला तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउनु आग्रह गरेको छ।

प्रतिक्रिया