केही दिन स्थिर रहेको सुनको मूल्य आज घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २८ असार : सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ सस्तो भएको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । गत आइतबार अघिल्लो हप्ताको शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार २०० रुपैयाँले घट्न पुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुनको मूल्यसमेत सोमबार प्रतितोला २०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी सोमबार चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया