अदालतको सबै फैसला मानिँदैन भन्दै केपी ओली समर्थक सडकमा

admin

काठमाडौं, २८ असार : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् । सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिँदैन लेखिएको ब्यानर देखाएका छन् ।

यस्तै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेशलगत्तै नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला नेता कार्यकर्तालाई आह्वान गरेका थिए । ‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाऔँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले (आज) सोमबारको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन भएको पनि बताएका छन् । ‘निर्दलीय शासन व्यवस्था पुन विजारोपण भएको दिन’, उनले भनेका छन्, ‘व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण ।

अब देश राजनैतिक द्वन्द्वमा प्रबेश गरेको छ। यो परमादेश कार्यान्वयन गर्ने असम्भव छ।’ युवा संघले पनि यसको विरुद्ध आजै माइतीघर मण्डलामा बिरोध प्रदशन गर्न लागेको बस्नेतले बताएका छन् ।

प्रतिक्रिया