सर्वोच्चमा अदालतमा आज गोरु ब्यायो : कमल थापा

admin

काठमाडौं, २८ असार : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनर्स्थापना गर्न पनि आदेश दिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमा ट्विटरमा थापाले यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ – सर्वोच्चमा अदालतमा आज गोरु ब्यायो । राजनीतिक फैसला, कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा । ’सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।

प्रतिक्रिया