अब संविधान ट्र्याकमा आयो : देउवा

admin

काठमाडौं, २८ असार : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै संविधानलाई ट्र्याकमा ल्याइदिएको बताएका छन् । कसैले पनि यसलाई व्यक्तिगत जित र हारको विषयका रूपमा नलिइ लोकतन्त्र, संविधान देश र जनताको हितमा उपयोग गरेर जान देउवाले अपिल गरेका छन् ।

यस्तै सर्वोच्च अदालतको आदेशलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले स्वागत गरेका छन् । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरीत गरिएको कदमलाई सच्याएको सभापति देउवाको प्रतिक्रिया छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई (भोलि) मंगलबार बेलुका पाँच बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश गरेको छ ।

प्रतिक्रिया