सरकार पक्षद्वारा अदालतमाथि सेटिङ्गको आरोप

admin

काठमाडौं, २८ असार : प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेपाल खेलकुद महासंघले षड्यन्त्रमूलक अपराध भन्दै आन्दोलनको घोषणा गरेको छ । फैसलाले लोकतन्त्र, विधिको शासन र बहुदलीयतालाई खारेज गरेको भन्दै महासंघले आन्दोलनमा उत्रन आव्हान गरेको हो ।

विज्ञप्ति जारी गर्दै महासंघले अदालत सेटिङ्गको चलेको आरोपसमेत लगाएको छ । ‘यस किसिमको गैरसंवैधानिक फैसलाले जनताको न्यायालयप्रतिको विश्वास डगमगाएको छ । तसर्थ नेपाल खेलकुद महासंघ यो फैसलाप्रति असहमति जनाउँदै ‘कतै सेटिङ त छैन ?’ भन्ने आशंका गर्दै राजनीतिमा अदालतले हस्तक्षेप गरेको प्रति दु:ख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

अदालतको फैसलाले जनताको आन्दोलनबाट प्राप्त उपलब्धिलाई चुनौती दिएको महासंघको भनाइ छ । लोकतन्त्रको रक्षार्थ, अदालतीय ‘कू’ का विरुद्ध आन्दोलन घोषणा गरेको महासंघले संविधान र लोकतन्त्रलाई सही दिशामा ल्याउन नागरिक समाज, राजनीतिक दल, पेशागत संघसंगठन, युवा-विद्यार्थी, खेलकुद क्षेत्रलाई एकतावद्ध भएर भूमिका खेल्न आग्रह गरेको छ ।

प्रतिक्रिया