राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

admin

काठमाडौं, २८ असार : सर्वोच्च अदालतले फेरि संसद् ब्युँत्याइदिएपछि प्रधानमन्त्री केपी ओली राष्ट्रपति निवास शितलनिवास पुगेका छन्। माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन्। ओली साँझ ७ बजेतिर राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्।

सर्वोच्चले आज परमादेश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलि साँझसम्म प्रधानमन्त्री नियुक्त गर्नु भनेको छ। यसबारे छलफल गर्न प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन्। ओली भोलि प्रधानमन्त्रीमुक्त हुँदै छन्।

प्रतिक्रिया