यी हुन् आज गठन हुने सम्भावित मन्त्रालय र मन्त्रीहरु

admin

काठमाडौं, असार २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई सपथ खुवाउने समय तय भएपछि मात्रै सरकार विस्तारका विषयमा दलहरुबीच छलफल हुने भएको छ । सर्वोच्च अदालतले आज साँझ ५ बजेसम्म कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएसँगैं नयाँ मन्त्रिपरिषद् गठन हुन लागेको हो ।

मन्त्रीहरुमा को को सहभागी हुने भन्ने विषयमा देउवाको सपथ समय तय भएसँगैं छलफल हुने बताइएको छ । आजै विपक्षी गठबन्धनका दलहरुले सानो मन्त्रिपरिषद गठन गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ । कांग्रेसले अर्थ र स्वास्थ्य, जसपाले परराष्ट्र र माओवादीले गृह मन्त्रालय लिने लगभग सहमत्ति भएको छ ।

एमालेको माधव पक्ष भने सरकारमा सहभागी नहुने भएको छ । सर्वोच्चको फैसलालगत्तै गठबन्धनबाट बाहिरिएको बताएपछि नेपालपक्ष सरकारमा सहभागी नहुने भएको हो । मन्त्री बन्नेमा कांग्रेसबाट ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँड र गगन थापाको चर्चा छ ।

कार्की वा खाडलाई अर्थ र थापालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने स्रोतले बताएको छ । त्यस्तै जसपाबाट अध्यक्ष उपेन्द्र यादव नै मन्त्री बन्ने पक्का जस्तै भएको छ ।

माओवादीले भने गृहमा जनार्दन शर्मालाई पठाउने तयारी गरेको छ । यस विषयमा सपथको समय तय भएपछि शीर्ष नेताहरुबीच बैठक बसेर टुंगो लगाउने प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया