आज बालुवाटार छोड्नु अघि प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन

admin

काठमाडौं, २९ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । सम्बोधनको समय भने तय भएको छैन । प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चबाट परमादेश आए पछि ओलीले (आज) मंगलबार देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनका क्रममा अहिलेसम्म सरकारले गरेका काम तथा समसामयिक विषयमा जानकारी गराउने तयारी छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए पनि फैसला राजनीतिक ढङ्गले आएको भन्दै टिप्पणी गरेका छन् । यस्तै, ओलीले मंगलबार दिउँसो १ बजे स्थायी कमिटी बैठक पनि बोलाएका छन् ।

सर्वोच्चको सोमबारको आदेश अनुसार बेलुका ५ बजेसम्ममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । देउवाले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । त्यसका लागि अहिले कांग्रेस, माओवादी केन्द्र लगायत विपक्षी गठबन्धनमा आबद्ध दलहरु आन्तरिक छलफलमा छन् ।

प्रतिक्रिया