आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २९ असार : मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै मंगलबार तेजाबी सुन समेत गत सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । महासङ्घका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ छ ।

प्रतिक्रिया