देउवालाई प्रधानमन्त्री नियुक्ती विषयको बचाउ गरेका महान्यायाधिवक्ता बडालद्वारा राजीनामा

admin

काकाठमाडौं, २९ असार : महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । नयाँ प्रधानमन्त्री नियुक्ति अघि उनको राजीनामा आएको हो । अग्नि खरेलले २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाल महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

महान्यायाधिवक्ता बडालले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको विषयको बचाउ गरेका थिए ।

प्रतिक्रिया