ब्यूँतियो ‘युथ फोर्स’, युवा संघद्वारा तत्काल ५० हजार युवा परिचालन

admin

काठमाडौं, २९ असार : वर्तमान राजनीतिक परिस्थिती, मुलुकको अवस्था, लामो संघर्ष पछि प्राप्त दलीय व्यवस्थालाई मास्ने षड्यन्त्र तथा न्यायपालिकाले कार्यपालिकालाई नियन्त्रण गरी निरंकुशता हावी हुने भन्दै संघले (आज) मंगलबार युथ फोर्सलाई ब्यूँताएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संघ अध्यक्ष किरण पौडेलले युथ फोर्स व्युँतीएको घोषणा गरेका छन् । माओवादीको ज्यादतीको विरुद्धमा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा गठन गरिए युथफोर्स पुनः मुलुकको लागी आवश्यक परेको भन्दै ब्यूँताएको हो । युथफोर्स सिरानीमुनी राखेको खुकुरीको धार जस्तो भएको उल्लेख गर्दै मुलुकको विषम परिस्थितीमा युथफोर्स मुलुकको व्यवस्था बचाउन मेरुदण्डकै जस्तै काम गर्ने दावी गरिएको छ ।

युथफोर्सले आगामी एक हप्ताभित्र नै देशभर कम्तिमा ५० हजार युवाहरु एकतावद्ध बनाई परिचालन गर्ने भएको छ । फोर्सको संयोजक संघका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क्षितिज थेवेलाई जिम्मेवारी दिएको छ । त्यस्तै सहसंयोजमा संघकै उपाध्यक्ष पुष्प श्रेष्ठलाई जिम्मेवारी दिएको छ । थेवेको संयोजकत्ममा ५०१ केन्द्रीय कमाण्ड रहने संघले जनाएको छ ।

त्यस्तै युथ फोर्सले देशभर १७५ वटा निर्देशन कमाण्डिङ फोर्सं गठन गर्ने भएको छ । जसमा २५ वटा काठमाडौं उपत्यकाभित्र रहनेछन् भने १५० वटा उपत्यका वाहिर रहने छन् । जसको मुख्य कमाण्ड पार्टीको निर्देशन अनुसार संघका अध्यक्ष पौडेलले गर्ने भएका छन् । एमालेविरुद्ध षड्न्त्रमुलक तवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको भरमा मुलुकलाई नै बन्धक बनाई राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा राष्ट्रिय अखण्डता तथा नेपालमा लामो समयसम्मको जनताको वलिदानिबाट प्राप्त उपलब्धीलाई ध्वस्त बनाई निर्दलीय, निरंकुश तथा पञ्चायती शैलीलाई अंगिकारी गरी कांग्रेस, माओवादी, जनता समाजवादी (जसपा) उपेन्द्र यादव पक्ष तथा जनमोर्चालगायका दलहरुले गर्न खोजेको भन्दै अध्यक्ष पौडेलले मुलुकलाई अस्थितरताको बाटोमा लैजान दिने उद्घोष गरे ।

युथ फोर्स गठन कार्यक्रममा बोल्दै इन्चार्ज बस्नेतले युथफोर्सले कानुनलाई हातमा लिने नभई साथमा लिएर मुलुकमा भइरहेको राजनीतिक विकृति, विसंगती तथा अदालतले सेटिङ तथा डलरको भरमा गर्ने निर्णयको विरुद्धमा भण्डाफोर अभियान चलाउने बताए । इन्चार्ज बस्नेतले युथ फोर्सले जनताको बहुदलीय व्यवस्थाको रक्षा, व्यवस्थापन, एमालेका नेता तथा कार्यकर्ताको रक्षा, पार्टीको विभिन्न कार्यक्रममा स्वयमसेवकीय भूमिका निर्वाह गर्ने, न्याय मर्यो भनेर निरास भएका, सामाजिक रुपमा पछाडी परेको नागरिकहरुको आवाज उठाउने, प्राकृतिक विपत्तीको अवस्थामा अग्रभागमा रही जनताको पक्षमाण्लगायतका कार्य गर्ने बताए ।

जनतामा जाने निर्णयलाई परमादेश जारी गर्दै अदालतले नाङ्गो नाँच देखाएको उल्लेख गर्दै शेरबहादुर देउवाले प्रतिनिसभाबाट विश्वासको मत प्राप्त गर्न नसक्ने बताए । विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्थामा पुनः निर्वाचनमा नै जाने अवस्था आएको खण्डमा प्रधानमन्त्री ओलीको जनादेशमा जाने निर्णयलाई उल्ट्याउने सर्वोच्चका न्यायाधिसहरुले जनताको माँझमा माक्र्स लगाएर हिड्ने दिन एक महिना भित्रमा नै आउने आक्रोस जनाए ।

उनले भने, ‘शेरबहादुर देउवाले विश्वासको मत पाउन सक्नुहुन्न । त्यसपछि केपी ओलीले गरेको निर्णय पुनः खड्किएर आउनेछ । एक महिनपछि पुनः संसद विघटन गरि निर्वाचनमा जानुपर्ने अवस्था आएपछि सर्वोच्चका न्यायाधिसहरु कुन माक्र्स लगाएर हिड्नुहुन्छ ? त्यो दिन चाँडै आउँदैछ ।’ प्रधानमन्त्री ओली तथा एमाले वालुवाटारबाट बालकोट जाने नभई जनताको माझमा जाने स्पष्ट पार्दै नेता बस्नेतले जनताबाट अनुमोदित भई अबको ६÷७ महिनामा पुनः एमालेले मुलुकको नेतृत्व गरी सिंहदरवार प्रवेश गर्ने उद्घोष गरे ।

प्रतिक्रिया