इराक : अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

admin

एजेन्सी, २९ असार : इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी भएको हो । आगो लाग्नुको कारण खुलेको छैन । तर अक्सिजनको प्लान्ट विस्फोट भएर आगो लागेको हुन सक्ने अनुमान छ ।

तीन महिनाअघि मात्रै बनाइएको अस्पतालमा आगलागी भएको हो । आगलागीबाट ७० वटा शय्या जलेका बीबीसीले जनाएको छ । आगलागी पछि अस्पतालबाहिर बिरामीका परिवार तथा आफन्तले प्रदर्शन गरेका छन् । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया