आज दुई हजार ७८ जना कोरोनामुक्त, थप १२ जनाको ज्यान गयो

admin

काठमाडौं, २९ असार : मंगलबार थप दुई हजार तीन सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार ५८ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ३९ र तीन हजार नौ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ५९ गरी दुई हजार तीन सय ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या सात लाख तीन हजार आठ सय ५६ पुगेको छ । यस्तै थप दुई हजार ७८ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २३ हजार एक सय पाँच पुगेको छ । बितेको २४ घण्टामा थप १२ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार चार सय १२ पुगेको छ । नेपालमा अहिले २६ हजार दुई सय ६१ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा थप दुई हजार तीन सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया