देउवा सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँण, जनार्दन अर्थ र पम्फा ऊर्जा मन्त्री बन्ने

admin

काठमाडौं, २९ असार : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनको मन्त्रालयको टुंगो लागिसकेको छैन ।

यस्तै कांग्रेस सभापति देउवा नेतृत्वको सरकारको जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।

(आजै) मंगलबार देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।

प्रतिक्रिया