छुटिन् ज्वाला संग्रौला

admin

काठमाडौं, असार २९ : आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला थुनामुक्त भएकी छन् । जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी कसूरमा सामान्य तारेखमा उनलाई छाड्न आदेश दिएको एसएसपी अशोक सिंहले बताए ।

उनका पति हिमाल उपाध्यायलाई चाहिँ एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । यसअघि अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १०/१० हजार रुपैयाँ धरौटी माग गरेको थियो । प्रहरी वृत्त, गौशालामा पुरानो साथी खुश्बु (नविता) घिमिरेलाई कुटपिट गरेपछि उनीवि रुद्ध किटानी जाहेरी परेको थियो । र, ६ असारमा उनी प क्राउ परेकी थिइन् ।

कु टपिटको घ टना पुरानो भए पनि ट्राफिक प्र हरी वृत्त, महाराजगञ्जका प्र हरी सहायक निरीक्षक (असईं) मणिकान्त झालाई रंगभेदी श ब्द प्रयोग गरेर दु र्व्यवहार गरेपछि पुरानो विषय पनि चर्चामा आएको थियो ।

संग्रौलाले झाको सरुवा गराइदिने धम्क दिएकी थिइन् । नभन्दै उनको सरुवा भएपछि प्र हरीको आलोचना भएको थियो । पछि प्रह रीले सरुवाअघि संग्रौलाको अभिव्यक्तिबारे थाहा नभएको र संयोग मात्र परेको बताएको थियो ।

प्रतिक्रिया