पाँच सदस्यीय बन्यो देउवा मन्त्रिमण्डल

admin

काठमाडौं, असार २९ : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियाको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा मंगलवार राति आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन् ।

देउवाले मंगलवार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवा मन्त्रिपरिषद्मा बालकृष्ण खाणलाई गृह, पम्फा भुसाललाई उर्जा तथा जलस्रोत, जनार्दन शर्मालाई अर्थ तथा ज्ञानेन्द्र बहादुर कार्कीलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुले पनि मंगलवार नै शपथ गरे ।

प्रतिक्रिया