सम्पर्कबिहिन प्रहरी पहिरोमा पुरिएको आशंका, खोजी सुरु

admin

काठमाडौं, असार ३० : गोरखा गत असार १ गतेदेखि सम्पर्कमा नरहेका प्रहरी जवानको खोजीका लागि प्रदेशबाट आएको अनुसन्धान टोली यारुबगर पुगेको छ । टोलीले सम्पर्कबिहिन भएका ठाउँ आसपासको क्षेत्रको अनुसन्धान सोमवारदेखि नै थालेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सहायक प्रहरी निरीक्षकको कमाण्डमा सात जनाको टोली कुकुर सहित खोजी गर्न आएको हो । उक्त टोलीमा ईलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सहितका सुरक्षाकर्मी रहेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखा अन्तर्गतको सामागाउँ प्रहरी चौकीमा कार्यरत मोहनसिंह कुँवर कार्यक्षेत्र जाने क्रममा असार १ गते तातोपानी र यारुबगरका खण्डबाट सम्पर्क बिहिन भएका थिए ।

उनी सम्पर्क बिहिन भएको दिन अत्याधिक वर्षातसँगै उक्त बाटोमा पहिरो बगेकाले पुरिएको आशंकामा यारुबगर क्षेत्रमा खोजीका लागि टोली परिचालन भएका एसपी शेखर खनालले बताउनुभयो । कञ्चनपुर जिल्ला घर भई हाल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुवँर घर बिदामा गएर फर्कने क्रममा बेपत्ता भएका थिए ।

असार १ गते उनी खोर्लाबेसीसम्म पुगेको र स्थानीयले भेटेको बताएका थिए । तर सिर्दीबाससम्म भने उनी नपुगेकाले बिचबाटोमा पहिरोमा पुरिएको वा खोलामा बेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया