तीन सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ३० असार : बुधबार सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको हो । मंगलबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार तेजाबी सुन समेत गत मंगलबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले नै बढेर ९२ हजार २०० रुपैयाँ कायम भएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया