काम छाडेर चाकडी गर्न नआउनुस् : अर्थ मन्त्री शर्मा

admin

काठमाडौं, ३० असार : नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले कर्मचारीहरूलाई काम छाडेर चाकडी गर्न नआउन आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा बुधबार पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थ मन्त्री शर्माले आफू देशका लागि केही गर्ने उद्देश्यका साथ आएको बताए ।

मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने आफ्नो प्रतिबद्धता भएको मन्त्री शर्माले बताए । मन्त्री र कर्मचारीबीच कुनै दुरी नचाहेको भन्दै उनले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गरे । मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकाले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया